कायममुकायम प्रधान सेनापति र भारतीय राजदूतबीच भेटवार्ता
काठमाडौं, साउन २९ । कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।
शुक्रबार जङ्गी अड्डामा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास सेनाले लिएको छ । प्रधान सेनापति शर्माले कायममुकायमको जिम्मेवारी भर्खेरै मात्र सम्हालेका हुन् ।
प्रतिक्रिया दिनुहोस्