आलमको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं, साउन २९ । मोहम्मद अफ्ताव आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ।

न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा सुनुवाई तोकिएको उक्त मुद्दा हेर्न नमिल्नेमा राखेको हो।

२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनको समयमा आफ्नो घरमा बम बनाइरहेको र त्यही समय बम बिस्फोट हुँदा घाइतेलाई इट्टाभट्टामा जलाएर मारेको आरोप आलममथि छ।

उनलाई बिस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको छ। ‍

प्रतिक्रिया दिनुहोस्