थप ३,२६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ को मृत्यु
काठमाडौं, साउन २८ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार २६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् भने २२९४ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ ।
संक्रमितमध्ये ६ लाख ७७ हजार ३७७ संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल कोरोना निको हुने दर ९३.३ प्रतिशत रहेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ ।
प्रतिक्रिया दिनुहोस्