यूईएफए सुपर कपको उपाधि चेल्सीले जित्यो
काठमाडौँ । चेल्सीले यूईएफए सुपर कपको उपाधि हात पारेको छ ।आज बिहान भिल्ला रियललाई सडेनडेथमा हराउँदै चेल्सीले सिजनको पहिलो उपाधि हात पारेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।२७औँ मिनेटमा हाकिम जियाचको गोलबाट चेल्सीले अग्रता लिए पनि ७३औँ मिनेटमा जेरार्ड मोरिनोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि चेल्सी च्याम्पियन बनेको हो ।
प्रतिक्रिया दिनुहोस्