काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिने , थप निर्णय लिन बैठक बस्दै

काठमाडौं, साउन २६ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थपिने भएको छ। कम्तीमा एक साता निषेधा थपिने  भएको हो । साथै यसको कडाइका साथ अनुगमन गर्ने तयारी पनि प्रशासनले छ ।

यसबारे थप निर्णय लिन आज काठमाडौं, ललितपुर र भक्पुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ। बैठक अहिले दिउँसो २ बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बोलाएको छ ।

बैठकले जारी निषेध आदेश केही परिमार्जनसहित थप्ने तयारी गरेको बताइएको छ।

कक्षा १२ को परीक्षासमेत स्थगित भइरहेका बेला अब फेरि केही क्षेत्रलाई सीमित गरेर अघि बढ्ने विषयमा छलफल गरेर निर्क्योलमा पुगिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार अब कम्तीमा पनि एक साता निषेध आदेश थप गरिने गृहकार्य छ।

यसअघि घोषित निषेध आदेश बुधबार मध्यराति सकिँदैछ। कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेध आदेश जारी गरिएको थियो।

असार अन्तिम साताबाट बजार र सवारी सबै खोले पनि केही क्षेत्र बन्द गर्ने निर्णयसहित निषेध आदेशलाई निरन्तरता दिइएको थियो। केही दिनयता कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै फेरि निषेध आदेश कडा बनाउन लागिएको हो।

प्रतिक्रिया दिनुहोस्