अध्यक्ष ओलीले संसदमा आज सम्बोधन गर्ने

काठमाडौं आज । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अध्यक्ष ओलीले पहिलोपटक आज संसदमा सम्बोधन गर्न लागेका हुन् ।आजको प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी दलको नेताको हैसियतमा ओलीले संम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

ओलीले सरकार गठन, सर्वोच्चको परमादेश र यसबीचका घटनाक्रम तथा सरकारको न्युनतम साझा कार्यक्रममाथि प्रश्न उठाउने सम्भावना रहेको बुझीएको छ ।

 

प्रतिक्रिया दिनुहोस्