नेतृत्वले पार्टीलाई भिख माग्ने अवस्थामा पुर्यायो: नेता पौडेल

काठमाडौँ , साउन २५ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्धारित समयमा महाधिवेशन नगर्न नसक्ने परिस्थिति सिर्जना गरेर पार्टीलाई भिख माग्ने अवस्थामा पुर्‍याएको आरोप लगाएका छन् ।

सोमबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोस पोख्दै महाधिवेशन हुन नसक्ने स्थिति सिर्जना गर्नुलाई नेतृत्वको चरम सफलता र लापर्बाहीको संज्ञा दिएका छन् ।

उनले भनेका छन्, – पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो ।

आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ ।

नेता पौडेलले वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही यो भन्दा अरु के हुन्छ रु भन्दै सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुगेको टिप्पणी गरेका छन् ।

यसैबीच नेता पौडेलले आफु पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । महामन्त्री डा। शशांक कोइरालाको महाराजगंजस्थित निवासमा सोमबार अपराहन्न बैठक बोलाइएको बताइएको छ ।

बैठकमा काँग्रेसको क्रियाशील सदस्यता विवाद र महाधिवेशन बारे छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्