एमाले स्थायी कमिटी बैठकः विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय

काठमाडौं, साउन २५ । नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ।

बैठकपछि पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको सञ्चारकर्मीलाई बताए।

एमालेको यसअघिकै स्थायी कमििटी बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ।

स्थायी समितिमा अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव पनि पेश भएर त्यसलाई एकरुपमा दिइएको बताइएको छ।

आजै तुलसीलाल स्मृति प्रतिष्ठानमा एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ। उक्त बैठकले प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्