बंगलादेशमा मन्दिर र हिन्दूहरुको पसलमा तोडफोड
काठमाडौं,साउन २५ । बंगलादेशमा मन्दिर र हिन्दूहरुको पसलमा तोडफोड गरिएको छ ।बंगलादेशको खुलना जिल्लाको रुपसमा कयौँ मन्दिर र हिन्दू समुदायका मानिसहरुको पसलहरु तोडफोड गरिएको हो ।
तोडफोड गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ समेत गरेका छ । हिन्दू समुदायका स्थानीयका अनुसार चार वटा मन्दिरमा तोडफोड गर्नुका साथै मुर्तिहरु भत्काइएको छ ।यो घटना शनिबार रुपसाको शियाली गाउँमा भएको हो ।
यद्यपि, प्रहरीले कतिवटा मन्दिरमा क्षति पुगेको भन्नेबारे पुष्टि गरेको छैन । स्थानीय प्रशासनले मन्दिरमा तोडफोड भएको विषयमा शनिबार राति उजुरी दर्ता गरिएको र त्यसैका आधारमा गिरफ्तारी गरिएको जानकारी दिएको छ । अहिले सो क्षेत्रको स्थिति शान्तिपूर्ण रहेको त्यहाँको प्रहरी प्रशासनले बताएको छ ।
रुपसाका उपजिल्ला निर्वाही अभिसर र थानाका अफिसर इन्जचार्ज दुवैले दुई पक्षबीच बहस भएको बताएका छन् । शुक्रबार साँझ मस्जिदमा नमाज पढ्ने बेला हिन्दू समुदायका मानिसहरु गएर गीत गाएको विषयमा दुई समुहबीच विवाद भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्