नेपाल पक्षको वैठक : ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्नेमा जोड , नमागेसम्म एकतामा जान नहुने अडान
काठमाडौं, साउन २२ । बुधबारबाट सुरु भएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा नेताहरुले सुझाव दिने क्रम सकिएको छ । बुधबारबाट बैठक शुरु भएको थियो ।
बैठकमा पार्टी एकता गर्नका लागि अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने कुरामा अधिकांश केन्द्रीय सदस्यहरुले जोड दिएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा आजसम्म ५५ जना केन्द्रीय सदस्यहरुले पार्टी एकताका विषयमा धारणा राखेका छन् ।
यसरी बोल्ने केन्द्रीय सदस्यहरुमध्ये आधाजसोले एमाले एकता गर्न अहिलेसम्मको गल्तीका लागि ओलीले सार्वनजिक रुपमा माफी माग्नुपर्ने मत राखेका हुन् ।
माधव पक्षीय केन्द्रीय सदस्य मेटमणि चौधरीका अनुसार ओलीले माफी नमागेसम्म एमाले एकतामा जान नहुने अडान नेताहरुले राखेका थिए ।
प्रतिनिधिसभा विघटनबारे ओलीले माफी माग्नुपर्ने पनि केही नेताहरुले तर्क गरेका छन् ।ओलीलाई एमाले अध्यक्ष नै स्वीकारेर निर्वाचनमा जान नसकिने पनि उनीहरुको भनाइ थियो ।
एक हप्ताभित्र सार्वजनिक रुपमा माफी नमागे एकता नहुने बैठकमा सहभागी नेताहरुको तर्क छ ।















प्रतिक्रिया दिनुहोस्