आगामी पाँच महिनामा करिब दुई लाख नयाँ संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौं, साउन २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भइरस संक्रमणको पाँचमहिने प्रक्षेपण संसदीय समितिमा पेस गरेको छ । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा यो प्रक्षेपण पेस गरिएको हो ।

उक्त प्रक्षेपणअनुसार नेपालमा आगामी पाँच महिनामा एक लाख ९३ हजार आठ सय ५६ नयाँ संक्रमित थपिने सम्भावना छ । जसमध्ये ३८ हजार ६ सय ७१ जनालाई उपचार आवश्यक देखिन्छ ।

त्यस्तै नौ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्ने उक्त प्रक्षेपणमा उल्लेख छ ।पछिल्लो सयम निषेज्ञाा खुकुलो भएसंगै नेपालमा पनि कोरोना संक्रमित बढ्दै जान थालेको छ । तेस्रो लहर आउने भन्दै मन्त्रालयले तयारी अवस्थामा रहन यसअघि नै नभीसकेको छ ।

प्रतिक्रिया दिनुहोस्