नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै, सरकारमा सहभागिता बारे टुंगो लगाउने
काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज बस्न लागेको छ ।
नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बिहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बस्ने गरि बोलाएको हो ।आजको बैठकले सरकारमा जाने या नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् ।
नेपाल पक्ष अनिर्णित हुदा सरकार विस्तारमा ढिलाई भएको भन्दै गठबन्धनबाट समेत दबाब भएकाले नेपाल पक्षले आ निर्णय लिने बताइएको छ । सम्भवत नेपाल पक्षले आ निर्णय गरेमा शुक्रबार सरकार विस्तार हुने सम्भावना देखिएको छ ।
देउवालाई विश्वासको मत नदिएका खनाल(नेपाल समूहका नेताहरू सरकारमा जान नहुने पक्षमा रहेका छन् भने तेस्रो तहका नेता तथा विश्वासको मत दिएका सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने भन्दै नेता नेपाललाई दबाब दिइरहेका छन् ।
नेपाल पक्ष सरकारमा सहभागी भए माओवादी केन्द्र र नेपाल पक्षले बराबर ६-६ मन्त्रालय बाँड्ने तयारी भएको छ भने जसपाले ४ र कांग्रेसले ८ मन्त्रालय पाउने गरि सहमति भएको छ ।
यता एमालेले भने अवैधानिक बैठक नगर्न आग्रह गरेको छ । एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार राति विज्ञप्ति जारी साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको भन्दै पार्टीका नाममा पटकपटक अवैधानिकरूपमा बैठक गर्ने पक्षबाट सजग रहन आग्रह गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्