राम्रो अवसर आए राजनीतिमा पनि आउँन सक्छु : पारस खड्का
काठमाडौं ,साउन २० । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले आफूले उपयुक्त अवसर पाए राजनीतिमा समेत आउनसक्ने बताएका छन् । तर, क्रिकेट व्यवस्थापन भएमात्रै त्यसका लागि आफूले सोच्ने उनको भनाइ छ ।
आज पत्रकार सम्मेलन गर्दै पूर्वकप्तान खड्काले सही राजनीतिले संस्थालाई अगाडि बढाउन सके आफू त्यसमा सकारात्मक भएको बताए ।खड्काले एक महिनाभित्र आफूले आफ्नो क्रिकेट एकेडेमी समेत सञ्चालनमा ल्याउन लागेको जानकारी गराए ।
खड्काले आफ्नो जीवनकालमा नेपालले टेस्ट मान्यता प्राप्त गरोस् भन्ने चाहना रहेको बताएका छन् ।आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वकप्तान खड्काले नेपाललाई टेस्ट राष्ट्रको रुपमा हेर्न चाहेको बताए ।
उनले भने, “सन् २००५ मै नेपालले एकदिवसीय मान्यता पाएको भए म पनि अहिलेसम्म टेस्ट खेल्थेँ होला । तर, त्यसो भएन । मेरो अनफिल्ड जर्नी मात्रै सकिएको हो ।”
उनले आफू क्रिकेटको व्यवस्थापनमा आउन चाहेको बताए । उनले सबैको सहयोग र मिहिनेतले नेपाली क्रिकेट अहिलेको अवस्थासम्म आइपुगेको बताए ।
प्रतिक्रिया दिनुहोस्