कांग्रेस पौडेल पक्षको बैठक बस्दै
काठमाडौं, साउन १९ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक मंगलबार बस्दै छ ।
क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल गर्न बैठक बस्न लागेको नेताहरुले बताएका छन् । नेता प्रकाशमान सिंहको निवास ठमेलमा बैठक बस्ने बताइएको छ ।
कांग्रेसमा क्रियाशील सदस्यताको विवादका कारण आगामी भदौमा तय भएको १४औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ ।
यता यतिबेला प्रधानमन्त्री देउवा भने सरकार सञ्चालन र महाधिवेशन दुवैको दबाबमा परेका छन् ।















प्रतिक्रिया दिनुहोस्