मन्त्रिपरिषद् बैठक आज बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिनै सकस
काठमाडौं, साउन १९ । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्नेछ ।
प्रधानमन्त्री बनेको २२ दिनसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाले आज आफ्नै निवासमा बैठक राखेका छन् । बैठकमा प्रधानमन्त्री र चार मन्त्रीहरूको सहभागिता रहने छ । यता देउवा नेतृत्वको गठबन्धन सरकारलाई भागबन्डामा कुरा नमिल्दा मन्त्री छान्न र मन्त्रिपरिषद्लाई पूर्णता दिनै सकस परेको छ ।
सरकारमा हालसम्म प्रधानमन्त्रीसहित चार फुलमन्त्री र एक राज्यमन्त्री गरी ६ जना छन् । स्वास्थ्य मन्त्रालय राज्यमन्त्रीको भरमा छ । सत्ता सहयात्री दलहरूबीच भागबन्डामा कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।















प्रतिक्रिया दिनुहोस्