महन्थ ठाकुरको मुद्धा सोमबार हेर्न नभ्याइनेमा
काठमाडौं, साउन १८ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताको विषयलाई लिएर महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्धा हेर्न नभ्याइनेमा परेको छ ।
साउन १५ मा महन्थ पक्षले सर्वोच्चमा दर्ता गराएको रिटको आजका लागि पेशी तोकिएको थियो ।
रिटको सुनुवाइका लागि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा तोकिएको थियो । निर्वाचन आयोगले ११ साउनमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो ।
यसै बिषयलाई लिएर ठाकुर सर्वोच्च गएका थिए । रिटमा निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइएको छ ।















प्रतिक्रिया दिनुहोस्