यो सरकारलाई गल्ती गर्ने छुट छैन : गगन थापा
काठमाडौं, साउन १५ । सत्तारुढ नेपाली कांग्रेसका नेता गगनकुमार थापाले वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताएका छन् ।
बिपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’ नपाउने उल्लेख गर्दै कहीँकतै नचुक्न पनि आग्रह गरे ।
कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने उनको भनाइ रहेको थियो । साथै उनले केपी ओलीले यो गरेन, त्यो गरेन भन्ने दिन गएकोसमेत स्मरण गराए ।
नेता थापाले सरकारलाई सफल बनाउन पार्टीले सहयोग गर्नुपर्ने आवश्यक्ता रहेको पनि औँल्याए । फरक प्रसंगमा उनले पार्टीको आसन्न १४औँ महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् ।















प्रतिक्रिया दिनुहोस्