एमसिसीमा गोप्य सम्झौता हुन सक्छ, संसदमा सार्वजनिक गरौँः भीम रावल
काठमाडौं, साउन १५ नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनको नाममा राष्ट्रलाई अहित हुने गरी गोप्य सम्झौता भएको हुन सक्ने बताएका छन्।
संसदलाई थाहै नदिइ गोप्य सम्झौता भएको हुनसक्ने आशंका गर्दै उनले संसद छलेर गरिएका त्यस्ता गतिविधि मान्य नहुने बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले यसअघि भएका सबै सम्झौता संसदमा सार्वजनिक गरेर मात्रै त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने अडान राखेका छन्।
सम्झौताको प्रत्येक दफा अध्ययन गर्दा गम्भीर प्रश्न उठ्ने ठाउँ रहेको उनले बताए।















प्रतिक्रिया दिनुहोस्