संक्रमण दर ह्वात्तै बढ्यो, ४ बजे सीसीएमसीको बैठक बस्दै, फेरि होला त लकडाउन ?
काठमाडौं , साउन १५ । पछिल्ला दिनमा फेरि कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्ला सदनमा कोरोना संक्रमण दर दैनिकजसो बढिरहेको छ ।
हिजो (बिहीबार) मात्र देशभर ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस्तै मृत्युदर पनि बढिरहेको छ ।
यसरी संक्रमण बढ्दै गएपछि त्यसबारे छलफल गर्न आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दैछ । बैठक दिउँसो ४ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले निषेधाज्ञा कडा बनाउने निर्णय गर्न सक्ने सम्भावना छ ।
अहिले देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भए पनि नाम मात्रैको जस्तो देखिएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा भए पनि सार्वजनिक गाडीसमेत सञ्चालन भइरहेको छ ।
जसका कारण निषेधाज्ञा नाम मात्रैको जस्तो देखिएको हो । यस कारण पनि कोरोना संक्रमण ह्वात्तै बढेको हो ।
प्रतिक्रिया दिनुहोस्