मिल्यो मन्त्रीको भागबण्डाः काँग्रेसले ८, माओवादी र जसपाले ७ मन्त्रालय पाउने
काठमाडौं, साउन १४ । सत्तारुढ गठबन्धनले सरकारमा सहभागी मन्त्रालयको भागबण्डा टुङ्गो लगाएको छ । सरकार विस्तारमा अस्वभाविक ढिलाइ भइरहेको चर्चा चलिरहेका बेला मन्त्रीहरुको भागबण्डा मिलाएको हो ।
गठबन्धनले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सहभागिता विनै मन्त्रिपरिषदलाई पूर्णता दिने गरी भागबण्डा मिलाएको हो । आज बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्ष विनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।
माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी कांग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् ।
विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको जसपाका एकले जानकारी दिएका छन् ।
उनका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने छ । कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको तर टुङ्गोमा पुगिनसकेको जनाइएको छ । तर, मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएको भन्दै स्रोतले जानकारी दिएको छ । राज्यमन्त्रीमा कसलाई कति भन्ने टुंगो लागेको छ ।
गठबन्धनमा सहभागी दलको शीर्ष तहको छलफलपछि सरकारमा सहभागी दलहरुको मन्त्रालय संख्या भागबण्डा मिलाएको हो ।















प्रतिक्रिया दिनुहोस्