कोरोना महामारी: हालसम्म ५४ हजार बालबालिकामा संक्रमण, तेस्रो लहरमा बढी प्रभावित हुने
काठमाडौँ , साउन १४ । पछिल्लो समय विश्वभर कोरोनाको आतंक छ । यसको सामना अहिले विश्व नै गरिरहेको छ । यता नेपालमा पनि यसको निकै ठुलो प्रभाव परेको छ ।
आम नेपालीले यसको डटेर सामना गरिरहेका छन् । दिनहुं जसो धेरैको ज्यान गइरहेको छ भने ठुलो संख्यामा संकमित फेला परिरहेका छन् । यसैबीच नेपाल हालसम्म ५४ हजार बालबालिकामा रोना संक्रमण देखिएको छ ।
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारिणी निर्देशक डा। मिलनराज धरेलले तथ्यांक प्रस्तुत गर्दै हालसम्म ५४ हजार ४६० जना बालबालिकामा कोरोना संक्रमण देखिएको बताएका हुन् ।
साउन १३ गतेसम्म तथ्यांक अनुसार कोरोनाको पहिलो लहरमा २१ हजार ५२३ बालबलिका संक्रमित भएका थिए । साथै, दोस्रो लहरमा ३२ हजार ९३७ जना बालबालिकामा संक्रमण देखिएको छ । दोस्रो लहरमा संक्रमण पुष्टि भएकामध्ये २९ हजार ७७७ जना निको भएका छन् ।
कोरोनाको पहिलो लहरबाट ३८ जना बालबालिको मृत्यु भएको छ भने दोस्रो लहरबाट ४३ जना बालबालिकाको मृत्यु भएको छ ।विज्ञहरुका अनुसार तेस्रो लहरमा बालबालिकाहरु कोरोना संक्रमणबाट बढी प्रभावित हुने छन् ।
प्रतिक्रिया दिनुहोस्