नेपालमा अहिलेसम्म कति आयो खोप , कति लगाइयो ?
काठमाडौँ , ,साउन १३ । नेपालमा कोरोनाविरुद्धको खोप अभियान जारी नै रहेको छ । यसैबीच अहिलेसम्म ८८ लाख ८२ हजार डोज खोप भित्रिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार अहिले बिभिन्न देशबाट ८८ लाख ८२ हजार ८५० डोज खोप भित्रिएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार अहिलेसम ५० लाख ४७ हजार ३५५ डोज खोप लगाइएको छ । जसमा ३५ लाख ४४ हजार ४३ जनाले सिंगल डोज खोप लगाएका छन् भने १५ लाख ३३ हजारले पुरा डोज खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा अहिले भारतमा उत्पादन भएको कोभिशिल्ड, चीनमा भनेको भेरोसेल र अमेरिकामा बनेको जोनसन एण्ड जोनसनको सिंगल डोज खोप भित्रिएका छन् ।
नेपालमा अहिलेसम्म चीनबाट अनुदानमा २८ लाख डोज भेरोसेल खोप आएको छ भने नेपालले किनेको ४० लाख डोज मध्ये १६ लाख डोज खोप आइसकेको छ ।
त्यस्तै भारतमा उत्पादन भएको कोभिशिल्ड खोप अहिलेसम्म २४ लाख २८ हाजर डोज खोप भित्रिएको छ । जसमा १० लाख डोज खोप नेपालले किनेर ल्याएको हो भने १० लाख डोज खोप भारतले अनुदानमा दिएको थियो । त्यस्तै भारतीय सेनाले अनुदान स्वरूप एक लाख डोज खोप दिएको थियो । त्यस्तै कोभ्याक्स अन्तर्गत कोभिशिल्डको ३ लाख ४८ हजार डोज खोप आएको छ ।
त्यसैगरी अमेरिकाले जोनसन एण्ड जोनसनको १५ लाख ३४ हजार डोज खोप नेपाल आइसकेको छ । यता भोलिदेखि उपत्यकामा भेरोसेल खोप लगाइने भएको छ । काठमाडौं उपत्यकामा ५५ वर्षभन्दा माथिका नागरिकलाई बिहीबारदेखि कोभिडविरुद्धको भरोसेल खोप दिने तयारी गरिएको हो ।
स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमका अनुसार ५५ वर्षमाथिका नागरिकलाई भरोसेल खोप दिने तयारी भएको हो।
प्रतिक्रिया दिनुहोस्