संसदमा बिडारीको आक्रोश: परमादेशकै कारण सुविधा खाने अनि परमादेशकै विरोध गर्ने ?
काठमाडौं, साउन १३ । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले अहिलेको सरकार परमादेशबाट बनेको भनी नेकपा एमालेका सांसदले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
आज राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले परमादेशका कारण संसद ब्युँतिएर तलब भत्ता खान पाएका सांसदहरुले परमादेशकै विरोध गर्नु उचित नहुने भन्दै आपति जनाएका हुन् ।
नेकपा एमालेका सांसदहरुले अहिलेको सरकार परमादेशबाट बनेको टिप्पणी गर्दै आइरहेका छन् । तर बिडारीले त्यसको प्रतिवाद गर्दै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गरेको कागज हेर्न आग्रह गरेका छन् ।
सांसद विडारीले नेकपा एमाले र माओवादी केन्द्र पनि सर्वोच्चको परमादेशबाट अलग भएको भन्दै परमादेशबाट बनेको दलमा बसेर परमादेशकै विरोध नगर्न आग्रह गरे ।
संसारको कुनै पनि देशको संसदमा अदालतको फैसलाबारे छलफल नहुने उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान मिच्न सिकाएका सांसदहरुले अहिले परमादेशको कुरा उठाइरहेको बिडारीको भनाइ रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्