राष्ट्रिय हित विपरीतका प्रावधान नहटाई एमसीसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघातीः भीम रावल
काठमाडौं, साउन १३ ।नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय हित विपरीतका प्रावधान नहटाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सहयोग सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती हुने बताएका छन्।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले नेपालको हित विपरितका प्रावधान नहटाई एमसीसी अनुमोदन गरेमा देश उपनिवेशकरणतर्फ धकेलिने बताएका हुन् ।
नेता रावलले यस्तो काम सरकार र पार्टीहरुले नगरुन् भन्दै यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का राख्न आग्रह गरेका छन् ।
उनले भनेका छन्- नेपालको संविधान,कानून,राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ । देश उपनिवेशकरण तर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून्।यसबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् ।















प्रतिक्रिया दिनुहोस्