स्वास्थ्य राज्यमन्त्रीमाथि ‘अट्याक’ भयो, के गर्ने होला ? प्रधानमन्त्री देउवा

काठमाडौं, साउन १३ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ नियुक्ति प्रकरणमाथि अनावश्यक आक्रमण हुन थालेको गुनासो गरेका छन् ।

पाँच दलीय सत्ता गठबन्धनको आज बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमाथि ‘अट्याक’ भयो, के गर्ने होला रु भन्दै गुनासो गरेको सहभागी एक नेताले जानकारी दिएका छन् ।

‘खोप ल्याउन भइरहेको ढिलाइको प्रश्न आइरहेको र त्यही बेलामा नियुक्त गरिएका स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिकै विषयमा चौतर्फी अट्याक भइरहेको छ, तपाईंहरूको सुझाव के छ ? ’, बैठकमा देउवाको भनाइ उद्धृत गर्दै डा. विजय पौडेलले भने ।

प्रधानमन्त्री देउवाले साउन १० गते आइतबार श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए । तर, उनको नियुक्तिको विषयलाई लिएर नेपाली कांग्रेस र सत्ता गठबन्धनभित्रै तीव्र असन्तुष्टिको अभिव्यक्तिहरु आइरहेको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनको लागि बनेको कार्यदलले काम गर्दागर्दै, पार्टीभित्र पर्याप्त छलफल नै नभई उनलाई नियुक्ति गरेको भन्दै माफी नै मागेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्