माधव नेपाल पक्षले भन्यो – सरकारमा सहभागी हुँदैनौं
काठमाडौं, साउन १३ । नेकपा एमालेको माधव नेपाल पक्षले सरकारमा नजाने बताएको छ। आज विहान भएको गठबन्धनको बैठकमा नेपाल पक्षले आफूहरु सरकारमा नजाने बताएको हो। नेपाल पक्षबाट बैठकमा सहभागी भएका विजय पौडेलले सरकारमा सहभागी नहुने जानकारी दिएका थिए।
यस्तै बैठकमा जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुने मन्त्रीको नाम छिट्टै टुंग्याउने बताएको छ। बैठकमा अध्यक्ष उपेन्द्र यादवले आफूहरुले छिट्टै नाम दिने बताए ।
यता राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने बताउँदै राम्रा काममा सहयोग हुने र नराम्रा कामको विरोध गर्ने बताएको छ। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारमा सहभागी नहुने र गतल कामको विरोध गर्न नछोड्ने बताएका थिए।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, जसपा संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई लगायत सहभागी थिए।
हिजो मात्रै प्रचण्डले नेपाल पक्ष पनि सरकारमा जाने बताएका थिए तर आज यो पक्षले आफुहरु सरकारमा नजाने बताएको हो ।















प्रतिक्रिया दिनुहोस्