कर्णाली नदीमा मिनी ट्रक खस्यो, दुई जनाको घटनास्थलमै मृत्यु
काठमाडौं, साउन १३ । कालिकोटमा नम्बर नखुलेको मिनी ट्रक कर्णाली नदीमा खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा ठेगाना नखुलेका ट्रक चालक दीपक साउद र सहचालक बाजुरा घर भएका ३२ वर्षीय रमेशबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चक्र शाहीले जानकारी दिए।
कर्णाली राजमार्गमा पर्ने कालिकोटको शुभकालिका गाउँपालिकास्थित एस मोड भन्ने ठाउँबाट ट्रक कर्णाली नदीमा खसेको हो।
नेपालगञ्जबाट जुम्ला जाँदै गरेको ट्रक तीव्र गतिको कारण दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। ट्रक सडकबाट झन्डै ३ सय मिटर तल कर्णाली नदीमा खसेको छ।






















प्रतिक्रिया दिनुहोस्