ओलम्पिकमा स्वर्ण जित्दै फिलिपिन्सकी यी खेलाडीले पाइन् साढे ६ लाख डलर र घर पुरस्कार
काठमाडौं ,साउन १२ । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन् । उनले फिलिपिन्सको लागि पहिलोपटक ओलम्पिकमा स्वर्णपदक जिताएकी हुन् ।
सोमबार साँझ भएको भारत्तोलन तर्फको ५५ केजी समूहको प्रतिस्पर्धामा डियाजले स्वर्णपदक जितेकी हुन् । उनले १२७ किलो उठाउँदै भारत्तोलनमा आफ्नो व्यक्तिगत कीर्तिमान पनि सुधार गरेकी छन् ।
फिलिपिन्सले सन् १९२४ मा भएको पेरिस ओलम्पिकमा पहिलोपटक सहभागिता जनाएको थियो । तर, अहिलेसम्म मुलुकको लागि स्वर्णपदक भने कसैले पनि जित्न सकेका थिएनन् ।
डियाजले टोकियो ओलम्पिक आफ्नो लागि अन्तिम ओलम्पिक हुने घोषणा गरिसकेकी छन् । स्वर्णपदक जितेसँगै फिलिपिन्स सरकारले उनलाई ६ लाख ६० हजार डलर बराबरको नगद, केही व्यवसाय र नयाँ घर पुरस्कारको रुपमा दिने बताएको छ ।
यता स्वर्णपदक जितेपछि डियाजले भनिन्, ‘मैले विश्वास नै गर्न सकिरहेको छैन, मेरो ठूलो सपना पूरा भयो ।’
‘
प्रतिक्रिया दिनुहोस्