प्रधानमन्त्री देउवा–प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद विस्तारबारे छलफल
काठमाडौं, साउन १२ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीचको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको बताएको छ ।
यस्तै सरकार सञ्चालन सम्बन्धी कार्यदल गठनबारे समेत छलफल भएको बुझीएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिएको माओवादी केन्द्र पनि सरकारमा सहभागी छ । जनार्दन शर्माको नेतृत्वमा माओवादी सरकारमा सहभागी बनेको हो ।
तर गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीको विवाद सल्टिएसँगै उक्त पार्टी पनि सरकारमा सहभागी हुने तयारीमा छ ।
सोमबार जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरु छिट्टै सरकारमा सहभागी हुने बताएका थिए । यति बेला सरकारलाई मन्त्रीपरिषद् विस्तार गर्न भने सकस भएको छ ।















प्रतिक्रिया दिनुहोस्