देउवाले बोलाए पदाधिकारी बैठक, महाधिवेशनबारे छलफल हुने
काठमाडौं, साउन ११ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।
सभापति देउवाले निजी निवास बूढानिलकण्ठमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन्। बैठक मंगलबार बिहान ९ बजेका लागि बोलाइएको छ ।
बैठकमा आसन्न १४ औं महाधिवेशनका विषयमा छलफल हुनेछ। भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन टर्ने सम्भावना बढिरहेका बेला देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।
मंगलबारको पदाधिकारी बैठकमा रमेश लेखक संयोजकत्वको क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउने बताइएको छ। कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न सकेको छैन।















प्रतिक्रिया दिनुहोस्