निर्वाचन आयोगमा पुगे रेशम चौधरी, आफ्नो पक्षमा ल्याउन जसपाका दुवै पक्ष संघर्षरत
काठमाडौं , साउन ११ । डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् ।
जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो ।
चौधरी त्यसकै लागि डिल्लीबजार कारागारबाट आयोगमा पुगेका हुन् । उनी प्रहरीको गाडी चढेर आएका थिए । चौधरीले आफूले पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसँग सल्लाह गरेर हस्ताक्षर गर्ने बताएका छन् । काठमाडौं । निर्वाचन आयोगमा रेशम चौधरीलाई आफ्नो पक्षमा पार्न जनता समाजवादी पक्षका दुवै पक्ष संघर्षरत छन् ।
पार्टीको आधिकारिता विवादमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच विवाद हुँदा आयोगले सोमबार हेड काउन्ट गर्दैछ । त्यसकै लागि रेशम चौधरीलाई बागबजार कारागारबाट निर्वाच आयोग ल्याइएको छ ।
दुवै पक्षले चौधरीले आ–आफ्नो पक्षमा मतदान गर्ने दाबी गरेका छन् । महन्थ ठाकुर पक्षकी सांसद् रञ्जिता चौधरीले रेमश चौधरीले आफ्नो पक्षमा हस्ताक्षर गर्ने बताइरँदा यादव पक्षकी नेता हिसिला यमीले चौधरीले आफ्नो पक्षमा हस्ताक्षर गर्ने दाबी गर्नुभएको छ ।
पार्टीमा विवाद बढेपछि उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दावी गर्दै आयोगमा निवेदन दिएपछि आयोगले इजलास गठन गर्दै आधिकारिकता विवाद टुङ्ग्याउन लागेको हो । यादवको पक्षमा ५१ कार्यकारिणीमध्ये ३४ जनाले हस्ताक्षर गरिसकेका छन् ।















प्रतिक्रिया दिनुहोस्