असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण
काठमाडौं, साउन ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने जनाएको छ ।
मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै असोज १५ देखि संक्रमणको तेस्रो लहर आउन सक्ने जनाएको हो ।
समितिको बैठकमा मन्त्रालयका सहसचिव गंगा लोहनीले जनाएअनुसार मंसिरमा पुनः संक्रमण बढ्न सक्ने सम्भावनालाई आँकलन गरिएको छ ।
यद्यपि भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालनाको स्तरले यसलाई अगाडि वा पछाडि धकेल्नसक्ने उनले जनाए ।
सोमबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुख डा। गुणराज लोहनीले अबको ५ महिनामा १ लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने मन्त्रालयको अनुमान रहेको जनाए।
डा। लोहनीले ठूलो मात्रामा खोपको सुनिश्चितता भएकाले अब खोपको अभाव नहुने पनि दाबी गरे। उनका अनुसार आगामी असोज मसान्तभित्र थप १ करोड ५ लाख ४८ हजार डोज कोभिड–१९ विरुद्धको खोप आउने निश्चित भएको छ।
कोभ्याक्सअन्तर्गत जापानबाट एस्ट्राजेनिकाको १६ लाख डोज भदौ पहिलो साता र कोभ्याक्स अन्तर्गतकै थप ३ लाख ४८ हजार डोज भदौ चौथो साता आइपुग्ने उनले जनाए।
यस्तै, वैदेशिक अनुदानबाट साउन अन्तिम साता १६ लाख आउने, खरिद प्रक्रियाबाट भारतमा खरिद गरेको कोभिसिल्ड १० लाख डोज भदौ दोस्रो साता आइपुग्ने र भेरोसेल भदौ मसान्तसम्म थप ६० लाख आउने उनले जानकारी दिए।
अहिले विश्भर कोरोनाको दोस्रो लहर चलीरहेको छ । कोरोनाको मारमा यति बेला विश्व नै लडिरहेको छ । यता नेपालमा पनि अहिले कोरोना केहि कम भएपनि संक्रमणमा भने कमी आउन सकेको छैने । लकडाउन खुकुलो बनाएपछि संमित तथा मृत्युदर उस्तै छ । फेरि पनि तेस्रो लहर आउन सक्ने भन्दै आम जनतामा डर त्रास छाएको छ ।
प्रतिक्रिया दिनुहोस्