जसपा आधिकारिकता विवाद : उपेन्द्र-बाबुराम पक्षमा बहुमत सदस्यको हस्ताक्षर
काठमाडौं, साउन ११ । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव(बाबुराम भट्टराई पक्षमा बहुमत पुगेको छ। आज निर्वाचन आयोगले आधिकारिकता विवाद टुंगो लगाउन साबिकको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि आयोगमा बोलाएको थियो।
आयोगमा उपेन्द्र(बाबुराम पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यले हस्ताक्षर गरिसकेका छन्। जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ।
यता जनता समाजवादी पार्टी नेपालमा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकता पाउने करिब पक्का भएको छ। निर्वाचन आयोगले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टी नेपालबीच एकता हुँदा हस्ताक्षर गरेका ५१ जना कार्यकारिणी समिति सदस्यको हेड काउन्टु गरिरहँदा यादव पक्षले आधिकारिकता पाउने करिब पक्का भएको हो।















प्रतिक्रिया दिनुहोस्