सरकारमा छिट्टै सहभागी बन्छौं : उपेन्द्र यादव

काठमाडौं, साउन ११ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका छन् । यसका लागि अहिले विभिन्न शिर्षनेताहरु छलफलमा जुटेका छन् । नेकपा माओवादी केन्द्र पनि सरकारमा सहभागी हुनका लागि मन्त्री छान्ने क्रममै छ ।

यता जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् । सोमबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले छिट्टै देउवा सरकारमा पार्टी सहभागी हुने बताएका हुन् ।

उनले आफ्नो पक्षमा निर्वाचन आयोगमा बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर जुटेको भन्दै महन्थ ठाकुर पक्षले आत्मालोचना गरेर आए पार्टीले बिचार गर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्