समाजसेवी कुँबरको निरन्तर समाज सेवा र हजुरलाइ नमस्ते (अडियो बुक) विमोचन

काठमाडौं, ९ साउन । समाजसेवी तथा व्यवसायी ताराबहादुर कुँबरको निरन्तर समाज सेवा र हजुरलाइ नमस्ते (अडियो बुक) विमोचन भएको छ ।
उक्त पुस्तकको विमोचन पूर्व मन्त्री कृष्ण गोपाल श्रेष्ठले गरेका हुन् । अब पुस्तकलाई यु ट्युबमा समेत सुन्न सकिनेछ । यु ट्युबमा कुँवरको नाममा हजुरलाइ नमस्ते भाग १ देखि भाग ९ सम्म १÷१ घण्टाको अडियो बुक सुन्न सकिनेछ ।
विमोचान कार्यक्रममा प्रमुख अतिथि कुष्ण गोपाल श्रेष्ठले जनाआदेशबाट बनेको सरकारलाई हटाई परमादेशबाट बनेको सरकार भनि व्याङ्ग्य गर्दै आफ्नो मन्तव्य सुरु गरेका थिए । उनले सबै समय लेखक तथा समाजसेवी कुँबरको प्रशंसामा नै खर्चिका थिए । मिहिनेत र अथक प्रयास गरे सफल बन्न सकिन्छ भन्ने प्रेणको सोत कुँबर भएको बताए ।

कार्यक्रममा पूर्व प्रधान सेनापति रुक्मांगत कटुवाल, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिना, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा लगायतले लेखक कुँबर समाजेवाको पर्यावाची भएको टिप्पणी गर्दै अझैै सफलताको शुभकामना व्यक्त गरे ।

त्यस्तै सशस्त्र प्रहरीका पूर्व महानिरिक्षक नारायणबाबु थापाले भूकम्पको बेला उद्धारका लागि डोजर स्क्याभेटर लगायतका हेभि इक्युप्मेन्ट उपलब्ध गराए कुँवरले राज्यलाई निकै ठूलो गुन लगाएको बताए । कुवँरले आफू लिनका लागि नभएर सधै दिनका लागि अघि सर्ने हुँदा समाजसेवामा अझै धेरै काम गर्न बाँकी रहेको बताए । कार्यक्रममा ‘हजुरलाई नमस्ते परोपकारी अभियान’ सँग जोडिएका झण्डै दुई दर्जन व्यक्तिलाई सम्मान गरिएको छ ।

अथक प्रयासबाट सबै कुरा संभव हुँदो रहेछ भन्ने कुरा लेखक तथा समाजसेवी कुँबरबाट प्रष्ट हुन्छ । ११ वर्षको उमेर काठमाडौं छिरेका उनी अर्काको घरमा काम गर्थे, नाङ्गो खुट्टाले हिड्थे, ज्यामी काम गरे, ठेलागाढा, रिक्सा चलाउँदै टेम्पो मालिक बने । ट्रक तथा हेभी इक्विमेन्ट व्यवसायी हुँदै आज एक सफल व्यवसायी र समाजसेवीको पर्यावाची बन्न सफल भएको छ ।
उनले वि.स.२०७२ सालको महाभुकम्पमा हेभी इक्विमेन्ट पठाई उद्धारमा खटिएका थिए । त्यस्तै बाग्मती सरसफाई अभियान, चक्रपथ सफाई अभियान, रक्तदान कामर्यक्रम, कोभिड १९को विसम परिथितिमा पनि संक्रमणको कुनै प्रवाह नगरी राहत वितरण कार्यलाई निरन्तर अगाडी बढाई उनले समाज सेवामाम ठूलो योगदान दिए । यसरी जीवनको विभिन्न रोह–आरोह पारगर्दै समाजसेवीको पर्यावाची बनेका कुँबर समाजको प्रेणाको स्रोत हुन ।

सो कार्यक्रममा विभिन्न विधामार्फत समाजमा योगदान पुर्याएका व्यतित्वलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्