जनताले कम्युनिस्ट र गैरकम्युनिस्ट अब कसरी छुट्याउने ? चित्रबहादुर केसी

काठमाडौं, साउन ८ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिस्ट पार्टीमा विचारको संकट देखिएको बताएका छन्। आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कम्युनिस्ट पार्टीभित्र विचार र सिद्धान्तको संकट देखिएकै कारण बेग्लै सांस्कृतिक आन्दोलनको आवश्यकता रहेको उनले औंल्याए । साथै उनले सर्वोच्चको फैसलाले संविधान जोगिएको पनि बताए ।

‘जनतालाई मीठा भाषण सुनाउन हामी माहिर छौँ, कम्युनिस्ट आन्दोलनमा राजनीति र सिद्धान्तको संकट हो। जनताले कम्युनिस्ट र गैरकम्युनिस्ट अब कसरी छुट्याउने रु त्यसैले कम्युनिस्ट आन्दोलनभित्रै सांस्कृतिक आन्दोलनको जरुरी छ,’ केसीले भने।

उनले पाँच वर्षसम्म बाहिर बस्नुपरेकाले प्रतिपक्ष निराश बनेको अवस्थामा नेपाली जनताले दिएको झन्डै दुईतिहाइको विश्वासको मतअनुसार काम गर्न नसकेर कम्युनिस्ट पार्टी चुकेको भन्दै उनले राष्ट्रियता, जनजीविकालगायतका प्रश्नमा काम गर्न नसकेकाले जनताले कम्युनिस्ट पार्टी र गैरकम्युनिस्ट पार्टी छुट्याउन नसकेको बताए।

संसद् विघटन गरेर ०७२ सालको संविधान च्यातचुत हुँदा पनि राष्ट्रिय जनमोर्चाले वामपन्थी मिलेर सरकार चलाउनुपर्ने वकालत गरेको भन्दै केसीले तर त्यो सम्भव नभएको बताए।

जनताले मत दिएर पठाए पनि ओली सरकारले राम्रो काम गर्न नसकेको उनले बताए । ओली सरकारले संविधान नै च्यात्न खोजपछि संघर्षमा जानुपरेको र अदालतको फैसलाले संविधानको रक्षा गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्