थप २,९७७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्‍यु

काठमाडौं, साउन ८ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणबाट १८ जनाको मृत्‍यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९ हजार ६७९ पुगेको छ । यस्तै १६७८ जना संक्रमणमुक्त भएका छन् ।

नेपामा फेरि एकाएक कोरोना संक्रमण बढेको छ । लकडाउन खुकुलो भएसँगै संक्रमण बढेको हो । यस कारण स्वासथ्य मन्त्रालयले सावधानी अपनाउ आग्रह गरेको छ भने तेस्रो लहरको संक्रमण आउन सक्ने भन्दै सचेत रहन पनि भनेको छ ।

प्रतिक्रिया दिनुहोस्