ऋण लिएर भए पनि जनतालाई खोप लगाउँछौं : प्रधानमन्त्री देउवा

काठमाडौं , साउन ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण लिएर भएपनि नेपाली जनतालाई कोभिडविरुद्धको खोप लगाउने बताएका छन् ।

संसदमा प्रधानमन्त्रीलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै देउवाले सरकारको प्रथामिकता नै नेपाली जनतालाई खोप लगाउने भएको बताए ।
सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरिछाड्ने बताउँदै देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताए ।

“यो सरकारको प्राथमिकता भनेकै खोप हो, हामी खोप लगाउनका लागि प्रयत्न जारी राख्नेछौैं,” प्रधानमन्त्री देउवाले भने, “ऋण सापटी गरेर भएपनि जतिसुकै महंगो मूल्यमा किनेर भए पनि हामी सम्पूर्ण नेपाली जनतालाई खोप लगाउने प्रयास गर्ने छौं ।”

उनले गठबन्धनमा रहेका अनुभवी नेताहरुको अनुभवलाई प्रयोग गरेर केही न केही काम गरेर देखाउने प्रतिबद्धता समेत जनाए ।

“मलाई विश्वास छ, मेरो कार्यकाल पूरा हुँदासम्म केही न केही भिजिवल काम गरेर जानेछु,,” देउवाले भने, “यो गठबन्धनमा अनुभवी नेताहरु हुनुहुन्छ, प्रचण्डजी, उपेन्द्रजीसहितका नेताहरु हुनुहुन्छ । उहाँहरुसमेतलाई विश्वासमा लिएर मेरो कार्यकालभित्र केही न केही भिजिवल काम गरेर जानेछु ।”

प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५/७ महिना मात्र रहने भन्दै उनले यो अवधिमा पनि देखिने गरी काम गर्ने बताए ।

साथै देउवाले आफ्नो कार्यकालमा जनताको मन जित्ने गरि काम गर्ने बताए । यता अहिले नेपालमा कोरोना खोप अभियान चलीरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्