राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता: दुई घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं , साउन ८ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।उनीहरुबीच आज करिब दुई घण्टा संवाद भएको स्रोतले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पदबाट हटेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

बाँकी केहि खुलाएको छैन् । एमालेभित्रको विवादकाबीच ओलीले हिजो मात्र पार्टी एकताका लागि आममाफी दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्