दुई तिहाईको सरकारले विधि पालना नगर्दा कांग्रेस सत्तामा आयो : नेता सिंह
काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाईको सरकारले विधिको पालना नगर्दा प्रतिपक्षमा रहेको दल सरकारमा आएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विधि र नियम मिचेर चुनावमा जान खोज्दा अहिलेकव अवस्था आएको टिप्पणी गरे।
प्रतिपक्षले अहिलेको प्रधानमन्त्री जनादेशले होइन परमादेशले बनेको भनिरहेको भन्दै उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री हुनु भएको हो।
प्रधानमन्त्रीले संसदबाट विश्वासको मत पनि लिइसक्नु भएको छ। संसदबाट निर्वाचित हुनु भएको हो।‘ सत्तामा हुँदा एउटा कुरा र प्रतिपक्षमा रहँदा अर्को कुरा किनरु भन्दै एमालेलाई उनले प्रश्न गरे। यसअघिका प्रधानमन्त्रीले पानीजहाज चलाउनु भयो, चुच्चे रेल चलाउनु भयो अब प्रधानमन्त्री देउवालाई काममा सजिलै होला भन्दै सिंहले व्यंग गरे।
देशमा संकट पर्दा कांग्रेसले नेतृत्व दिने गरेको हुँदा अहिले पनि प्रधानमन्त्री देउवाले देशलाई राम्रोसँग लैजाने विश्वास व्यक्त गरे। सिंहले घरेलु र बाह्य राजनीतिमा सन्तुलन मिलाएर अघि बढ्न प्रधानमन्त्रीलाई आग्रह गरे।
उनले विधिको शासनलाई पालना गरेर आफ्नो काम अघि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरे। कोरोना भाइरस मात्र होइन भ्रष्टाचर पनि नियन्त्रण गर्नुपर्ने उनले बताए। संघीयतालाई संस्थागत गर्नुपर्ने जिम्मेवारी प्रधानमन्त्रीसँग रहेको सिंहले प्रष्ट्याए।















प्रतिक्रिया दिनुहोस्