नेपाली कांग्रेसको बैठक बूढानिलकण्ठमा सुरू

काठमाडौं , ८ साउन । सत्ताढ दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी पार्टी सभापति शेरबहादुर देउवाको निवास नेपाली बूढानिलकण्ठमा बैठक सुरू भएको छ ।
बैठक शुक्रबार बिहान १० बजेपछि बसेको बैठकले सरकार सञ्चालनका लागि मन्त्रीमण्डलको गठन, पार्टीको महाधिवेशनलगायत देशका समसामयिक विषमा छलफल केन्द्रीत हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
सोहि बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादव र केन्द्रीय क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले कार्यप्रगति विवरण पेश गर्दैछन् ।
पदाधिकारी बैठकमा वडा अधिवेशनबारे पनि छलफल हुनेछ । साउन १२ मा वडा अधिवेशन तोकिए पनि अहिलेसम्म क्रियाशीलको टुंगो लाग्न सकेको छैन ।
आज पदाधिकारीबीच केही सहमति जुटेमा केन्द्रीय समिति बैठक बोलाउने सम्भावन रहको एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टी बैठक नगर्ने भनेपछि आज बूढानिलकण्ठमा बैठक राखिएको हो। देउवा प्रधानमन्त्री भएपछि दुई दिन पदाधिकारी बैठक बालुवाटारमा बसेको थियो।

प्रतिक्रिया दिनुहोस्