६ कम्युनिस्ट नेताले एउटै मञ्चबाट सम्बोधन गर्दै , ‌‌‌ओलीलाई निम्तोसम्म छैन

काठमाडौं, साउन ८ । दुईतिहाइको कम्युनिष्ट सरकार गिरेपछिपनि फेरी कम्युनिष्ट नेताहरु एक ढिक्का भइ अगाडि बढ्ने सोचमा रहेका छन् । यर्सले आजै कम्युनिष्ट पार्टाका शिर्ष नेताहरुले एउटै मञ्चबाट आफ्ना कार्यकर्ता तथा जनतालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ६ जना कम्युनिष्ट नेताहरूले आज एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा ६ शीर्ष कम्युनिस्ट नेताहरूले सम्बोधन गर्ने भएका हुन्।पुष्पलाल स्मृति दिवसको अवसरमा आज पुष्पलाल मित्रता केन्द्रले आयोजना गर्न लागेको प्रवचन कार्यक्रममा कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु सहभागी हुन लागेका छन्।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र चन्द्रदेव जोशीसहित ६ जना कम्युनिस्ट नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका हुन्।

छरिएर रहेका कम्युनिस्ट नेताहरूले पहिलोपटक एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन्। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षलाई भने बोलाएको छैन।कम्युनिष्ट विचार र दर्शनबाट निक्कै टाढा पुगिसकेकाले ओलीलाई नबोलाएको प्रतिष्ठानले जनाएको छ। दिउँसो १ ६ शीर्ष कम्युनिष्ट नेताहरुले सम्बोधन गर्ने नेता जगन्नाथ खतिवडाले बताए।

प्रतिक्रिया दिनुहोस्