बढ्न थाले काठमाडौं उपत्यकामा कोरोना संक्रमित, एकैदिन ७५१ जनामा स‌क्रमण पुष्टि

काठमाडौँ, साउन ७ । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै छ । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा ७५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै एक साताअघिसम्म दैनिक ४ सयको हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन देखियता बढ्दै गएर दैनिक ७ नाघेको हो ।

मन्त्रालयका अनुसार विहीबार काठमाडौंमा ५३६, ललितपुरमा १३० र भक्तपुरमा ८५ जना कोरोना संक्रमित थपिएका हुन् ।यसअघि हिजो बुधबार काठमाडौँ उपत्यकामा मात्रै ६९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

जसमा काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना कोरोना संक्रमित थपिएका थिए । यो सँगै फेरि कोरोना संक्रमणको जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्