थप २ हजार ७१४ कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु

काठमाडौँ, साउन ७ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार १२२ जनाको पीसीआर परीक्षणबाट १ हजार ८५५ र ३ हजार ७०७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८५९ जना गरी जम्मा २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

यसतै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २४ जना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार २८८ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यसैबीच मन्त्रालयले निषेज्ञा खुकुलो भएसँगै कोरोना बढ्दै गएको बताएको छ ।

तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय्या लगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहरको आउन सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शय्या लगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्तदुरुस्त राख्न अनुरोध छ ।’

मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताए ।

“सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ”, उनले भने, “तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष ९आइसीयू० र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौँ ।”

नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको सङ्क्रमण छ ।

 

प्रतिक्रिया दिनुहोस्