‘बाँदरे’ जुलुस निकालेर कोरोनाको रोपाइँ गरिंदैछ : सांसद बिडारी
काठमाडौं, साउन ७ । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले विपक्षी नेकपा एमालेले कोरोना फैलाउन लागेको आरोप लगाएका छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सडक प्रदर्शनमार्फत एमालेले कोरोना फैलाउन खोजेको आरोप लगाएका हुन् । ‘अहिले पनि बाँदरे जुलुस, विभिन्न जुलुस गर्दै कोरोनाको रोपाइँ गर्दैछ, उसलाई मज्जा छ,’ उनले भने ।
सरकारविरुद्ध केही दिनयता नेकपा एमालेको युवा संगठनले सडक प्रदर्शनलाई तीव्र पारेका छन् । त्यसतर्फ लक्षित गर्दै सांसद बिडारीले यसले कोरोना फैलाउने टिप्पणी गरेका हुन् ।
कहिले रत्नपार्कमा, कहिले माइतीघरमा, कहिले बालुवाटारदेखि बालकोटसम्म र्याली गर्या छ,’ उनले भने, ‘कोरोनाको रोपाइँ यसरी अगाडि बढिरहेको छ ।’ सांसद बिडारीले ओली नेतृत्वको सरकार पद, आश्वासन र पैसाले चलेको आरोप समेत लगाएका छन् ।
पछिल्लो पटक सर्वोच्च अदालतको फैसलाप्रति नेकपा एमालेको ओली समुहका युवाहरुले पर्दशन गरिरहेका छन् । अध्यक्ष ओलीपनि यस निर्णयप्रति रुष्ट छन् । यसैले अहिले एमालेमा रडाको मच्चिएको छ ।















प्रतिक्रिया दिनुहोस्