प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदले आज स्पष्टीकरणको जवाफ दिने

काठमाडौं , साउन ७ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् ।

एक नेताका अनुसार आजै जवाफ पठाइने भएको छ । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । यसपछि उनीहरुलाई पार्टीले स्पष्टीकरण सोधेको थियो ।

पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै अध्यक्ष केपीशर्मा ओलीले स्पष्टिकरण सोधेका हुन्।

आइतवार राति संघीय संसदमा भएको विश्वासको मतका क्रममा नेपाल समूहमा लागेका १४ जना र ओली समूहका ८ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए। विश्वासको मत दिएका ओली पक्षका ८ सांसद पनि अहिले नेपाल समूहमा मिसिएका छन्।

प्रतिक्रिया दिनुहोस्