देउवा र मोदीबीच टेलिफोन वार्ता: मिलेर काम गर्न प्रस्ताव, कोभिडविरुद्धको खोप उपलब्ध गराउने आश्वासन
काठमाडौं , साउन ४ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।सोमबार बिहान भएको टेलिफोन वार्तामा मोदीले देउवालाई बधाई दिएका छन् ।
वार्तामा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालये जनाएको छ ।
टेलिफोन कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई चाँडै नै कोभिडविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिनुभएको परराष्ट्र मन्त्रायलकी प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिए ।
फोन वार्ताका क्रममा प्रधानमन्त्री मोदीले देउवालाई बधाई तथा शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।यस्तै मोदीले कोरोना महामारी लगायत विषयमा सहकार्य गरेर अघि बढ्ने कुरा पनि राखेका थिए ।सो क्रममा देउवाले बधाई दिएकोमा मोदीलाई धन्यवाद दिँदै साझा विषयहरुमा मिलेर काम गर्न तयार रहेको धारणा राखेको बताइएको छ ।
प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत देउवासँग टेलिफोन वार्ता भएको पुष्टि गर्दै लेखेका छन्ः
यसअघि आइतबार पनि संसदबाट विश्वासको मत जितेपछि मोदीले देउवालाई बधाई दिएका थिए ।
तर यता भारतको सेरम इन्स्टिच्यूटलाई १० लाख डोज खोपको भुक्तानी भइसके पनि खोप अझै उपलब्ध हुन सकेको छैन । भुक्तानी भएको ४ महिना बित्दासमेत भारतले खोप नदिएको हो ।
प्रतिक्रिया दिनुहोस्