कोइराला निवासमा रामचन्द्र पौडेलसहित ६ नेताहरूबीच छलफल, के भयो कुराकानी ?

काठमाडौं, साउन ४ । नेपाली काँग्रेसको महाधिवेश नजिकिदै गर्दा नेताहरुबीच छलफल तथा भेटघाट तिब्र रुपमा भइरहको छ । यसै क्रममा आज वरिष्ठ नेता रामचन्द्र पौडेलसहित छ जना नेताहरूबीच छलफल भएको छ।

सोमबार दिउँसो काठमाडौंको महाराजगन्जस्थित महामन्त्री शशांक कोइराला निवासमा उनीहरुबीच छलफल भएको हो।

महाधिवेशन नजिकिँदै गर्दा उनीहरूले एकआपसमा छलफल गरेको बताएको छ । छलफलमा कोइराला, वरिष्ठ नेता पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, रामशरण महत र प्रदीप पौडेल सहभागी छन्।महाधिवेशनको विषयमा उनीहरूबीच छलफल भएको केसीको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्