एमालेको निर्णय: नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण, १० बुँदे सहमति अनुमोदन
काठमाडौँ , साउन ४ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।
ललितपुरको बालकुमारीस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकले विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले २२ सांसदलाई २४ घण्टाको स्पष्टिकरणको प्रस्ताव राख्दा केन्द्रीय सदस्यहरुले आजै कारवाही गर्नुपर्ने भन्दा होहल्ला गरेका थिए ।
त्यसैगरी वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित रहेको बैठकले स्थायी कमिटीले अनुमोदन गरेको कार्यदलको गरेको १० बुँदे सहमतिलाई पनि अनुमोदन गरेको छ ।
प्रधानमन्त्री देउवालाई पार्टीको निर्णय विपरित ओली पक्षका ८ सहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए ।















प्रतिक्रिया दिनुहोस्