पाकिस्तानमा ट्रक र बस जुध्दा २९ जनाको मृत्यु, ४० भन्दा बढी घाइते
काठमाडौं, साउन ४ । पाकिस्तानको पञ्जाब प्रान्तमा सोमबार भएको बस र ट्रक दुर्घटनामा २९ यात्रीको मृत्यु भएको छ । यसमा महिला र बालबालिका पनि समावेश छन् ।
४० भन्दा बढी घाइते भएका छन् । यीमध्ये चारजनाको स्थिति गम्भीर छ । दुर्घटना मुजफ्फरगढको डेरा गाजी खान नजिकै हाइवेमा भएको हो ।
डन न्यूजका अनुसार बस सियालकोटबाट राजनपुरतर्फ जाँदै थियो । इलाकाका कमिश्नर डा। इरशाद अहमदले घटनास्थलमा राहत र उद्धारकर्मी पुगेको जानकारी दिए । शव र घाइतेलाई अस्पताल पुर्याइएको छ ।
दुर्घटनामा घाइते भएका मानिसहरु ईदमा आफ्नो घर गइरहेका थिए ।
प्रतिक्रिया दिनुहोस्